विवेक परियार

लहान, साउन/१९ सिरहाको लक्ष्मीपुर पतारी-६ कल्याणपुर टोल हुदै लहानको – २० मोतीपुर जोड्ने सडक अन्तर्गत कल्याणपुर टोल बस्ने श्यामसुन्दर साहको घर अगाडिको सडक हिलामय अवस्थामा रहेको छ।
वर्षौं देखि यो सडकमा मर्मत नभएको कारण वर्षा हुदा सडक हिलोमय अवस्थामा रहने गरेको स्थानीयहरु भन्छन्।यो सडकले लहानको – २० मोतीपुर हुदै लहान -१ मटियर्वाको मुख्य चोक तरकारी बजारलाइ जोड्दछ।
लहान बजारलाइ जोड्ने सर्वसाधारणका लागी अति सहज सडकको रूपमा रहदा पनि स्थानीय सरकारले नजर अन्दाज गर्दा प्रत्येक वर्षको वर्षायाम महिनामा स्थानियहरुले वर्षौं देखी सडकमा हिलोको समस्या खेप्दै आएका छन।
स्थानीयहरु भन्छन् पालिका अध्यक्ष चतुरा नन्द ठाकुर र प्रमुख प्रशास्किय प्रमुख अशोक सिंहको मिलोमतोमा पालिकाको करोडौं रकम दुरुपयोग भएको छ।साथै लक्ष्मीपुर पतारी पालिका भ्रष्टाचारको अखाडा बनेको छ। र उहाँहरु काम भन्दा पनी झुठा प्रचारवाजीमा सक्रिय हुनु हुन्छ।