विवेक परियार

लहान, साउन/२५ सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा सूचनाको माग सहित अघि बढेका दल नेकपा एमाले संघर्षरत संर्घष समिति सित पालिका अध्यक्ष चतुरा नन्द ठाकुरले दुइ दिनको समय माग गरेको सर्घर्ष समितिका संयोजक जगत साहले जानकारी गराएको छ।
उहाँका अनुसार पालिका अध्यक्ष चतुरा नन्द ठाकुरले संघर्ष समितिको ज्ञापन पत्रमा उल्लेख मागहरु पुरा गरिनेछ।भनि यहि महिनाको १० गते दुइ पक्षीय औपचारिक भेट,वार्तालाप र छलफलको क्रममा २५ गतेको समय लिनु भएको थियो।
आज करिव ११:०० बजे दिनको समयमा पालिका अध्यक्षले अझै दुइ दिन थप गरीदिनुस।आउदो २८ गते यहाँहरुको माग पुरा गर्नेछु।आग्रह गरेपछि संघर्ष समितिको तर्फबाट दुइ दिनको समय दिइएका छौ।यस अघि पनि उहाँको यस्तै व्यहवार रह्यो।तर विगत जस्तै पालिका अध्यक्षले यदि हामी चुप बस्छौं।भनेर ठानेको हो भने हेक्का रहोस हामी पछि हटदैनौ।अहिले सम्म शान्त एवं संयम भएर पालिकामा प्रस्तुत भएका छौ।माग पुरा नभए कडा संघर्षमा उत्रिने संयोजक साहले चेतावनी समेत दिइएका छन।