दोस्रो अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको भव्य उद्घाटन

Terai Madesh Khawar

बिबेक परियार

बिज्ञापन

लहान, कार्तिक २१ — लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिण्डा पर्सास्थित श्री जनता दो.चौ. माध्यमिक विद्यालयको प्राङ्गणमा आज दोस्रो अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको भव्य रूपमा उद्घाटन गरिएको छ।

गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर र उपाध्यक्ष अमरकला यादवले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले खेलकुदले युवा वर्गलाई अनुशासित, स्वस्थ र एकताबद्ध बनाउन मद्दत गर्ने बताउनुभयो। उहाँले गाउँपालिकाले यस्ता प्रतियोगिताहरूलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभयो।

उपाध्यक्ष यादवले युवाहरूलाई सकारात्मक दिशामा अग्रसर गराउने माध्यमका रूपमा खेलकुदको महत्व औंल्याउँदै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो।

प्रतियोगितामा विभिन्न टोल तथा क्लबका फुटबल टिमहरूले सहभागिता जनाएका छन्। प्रतियोगिता सफल बनाउन स्थानीय युवा क्लब र विद्यालय परिवारले सक्रिय भूमिका खेलेका छन्।


ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा