लहान, सिरहा।
लहान नगरपालिकाको सचिव तथा कर्मचारीहरूको पहलमा स्थानीय स्वास्थ्य सेवा प्रवाह सहज बनाउन लहानस्थित एक अस्पताललाई तीन वटा बेन्च हस्तान्तरण गरिएको छ।
नगरपालिकाका सचिवसहित कर्मचारी टोलीले अस्पतालमा आउने बिरामी तथा कुरुवाहरुकाे लागि आवश्यक ठानी बेन्चहरु प्रदान गरेको हो। हस्तान्तरण कार्यक्रममा अस्पताल पक्षले नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै यसले सेवाग्राहीलाई ठूलो सहयोग पुग्ने बताएको छ।
नगरपालिकाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा आवश्यक सहयोग निरन्तर गर्दै जाने जनाइएको छ।