वरियारपट्टि–४ तेनुवापट्टिमा आरम्भ चौतारी वित्तीय संस्थाद्वारा एकदिने व्यवसायिक बाख्रापालन तालिम तथा प्रमाण–पत्र वितरण सम्पन्न

Terai Madesh Khawar

पुनिता साह यादव

बिज्ञापन

मङ्सिर/१२ शुक्रवार,

सिराहा, वरियारपट्टि–४ तेनुवापट्टि स्थित आरम्भ चौतारी वित्तीय संस्था लिमिटेडको आयोजनामा एकदिने व्यवसायिक बाख्रापालन तालिम तथा प्रमाण–पत्र वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरियारपट्टि गाउँपालिका उपाध्यक्ष ममता कुमारी यादव रहनु भयो। विशिष्ट अतिथि वडा नं. ४ का वडा अध्यक्ष नविन कुमार यादव रहेका थिए। यस्तै अन्य विशेष अतिथिहरूमा स्टेसन कार्यालय सप्तरी, कुसमाटारका स्टेसन प्रमुख नितिश कुमार चौधरी, इलाका प्रहरी कार्यालय वरियारपट्टिका प्रहरी सहायक निरीक्षक शिवशंकर कुमार ठाकुर तथा शाखा कार्यालय लहानका प्रमुख पप्पु कुमार यादवको उपस्थिति रहेको थियो।

तालिमका प्रशिक्षक पशु प्राविधिक प्रमोद अधिकारी रहे। यस शाखा अन्तर्गतका विभिन्न केन्द्रहरूबाट आएका सदस्यहरूको सक्रिय तथा गरिमामय सहभागितामध्ये तालिम उत्साहपूर्ण रुपमा सम्पन्न भएको संस्थाले जनाएको छ।

कार्यक्रममार्फत सहभागीहरूले व्यवसायिक बाख्रापालन सम्बन्धी प्रविधि, व्यवस्थापन, आहार–पोषण, खोप तथा रोग नियन्त्रणका विधि लगायत व्यावसायिक प्रगतिको आधारभूत सीपहरू सिक्ने अवसर प्राप्त गरेका छन्। संस्था अनुसार यस्ता तालिमहरूले गाउँस्तरमा स्वरोजगार, उत्पादन वृद्धि र आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा