लहानमा आठ वर्षपछि अन्डर–१४ फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुँदै

Terai Madesh Khawar

आशानन्द यादव

बिज्ञापन

पौष/०६/२०८२

लहान_ सिरहा।  आठ वर्षको लामो अन्तरालपछि लहानमा अन्डर–१४ फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। सिरहा जिल्ला फुटबल संघको आयोजनामा तथा लहान मेरी चिल्ड्रेन स्कुलको विशेष सहकार्य र सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

लहान मेरी चिल्ड्रेन स्कुलका सिइओ आयुष हमाल ठकुरीका अनुसार लहान–१० स्थित जेएस मुरारका बहुमुखी क्याम्पदेखि उतरी मैदानमा प्रतियोगिता आयोजना गरिनेछ।

६ दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा विभिन्न विद्यालयस्तरीय टिमहरूको सहभागिता रहनेछ। प्रतियोगिताको मुख्य उद्देश्य तल्लो स्तरमा रहेका प्रतिभावान खेलाडीहरूको क्षमता विकास गर्दै उनीहरूको खेलस्तर उकास्नु रहेको आयोजकले जनाएको छ।

युवा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्नुका साथै भविष्यका लागि सक्षम फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। स्थानीय स्तरमा फुटबल खेलप्रति रुचि बढाउने र नयाँ प्रतिभाको खोजीमा समेत प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

उक्त जानकारी आयोजकले आज लहानमा आयोजित पत्रकार सम्मेलनमार्फत जनाएका हुन्।

 

ताजा समाचार

विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा