लायन्स क्लब अफ लाहान सिटीद्वारा विद्यार्थीलाई स्वेटर वितरण।

Terai Madesh Khawar

पुनिता कुमारी शाह यादव।

बिज्ञापन

लायन्स क्लब अफ लाहान सिटीको आयोजना तथा वरिष्ठ समाजसेवी लायन मुरारी लाल मुरारका ज्यूको सौजन्यमा लाहान–१७ स्थित श्री प्राथमिक विद्यालय बलानसेरमा अध्ययनरत ८० जना छात्र–छात्रालाई स्वेटर वितरण गरिएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा चिसो मौसमका कारण विद्यार्थीलाई न्यानो कपडाको आवश्यकता महसुस गर्दै सहयोग स्वरूप स्वेटर वितरण गरिएको हो। कार्यक्रममार्फत विद्यार्थीहरूलाई पठनपाठनमा थप उत्साह र सहजता मिल्ने विश्वास लिइएको छ।
लायन्स क्लब अफ लाहान सिटीका कोषाध्यक्ष लेखराज सिंहले उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै सामाजिक सेवाका यस्ता कार्यहरू आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिने बताउनुभयो।

ताजा समाचार

विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा