आशा नन्द यादव
सिरहा प्रहरीले प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सिरहा नगरपालिका १७ माडर बजारमा होटल तथा लज सञ्चालन गर्दै आएका उमेश साह र एक भारतीय किशोरलाई २ नम्वर ढाटबाट १९० मिलिग्राम नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।माडर प्रहरीले लागु पदार्थसहित नियन्त्रणमा लिएका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको जानकारी दिए। माडर प्रहरीले उमेशसहित दुई जनालाई पक्राउ गरेर जिल्ला बुझाईसकेकाले बाँकी विवरण सूचना अधिकारीसँग लिन आग्रह गरे।
यता जिल्ला प्रहरी कार्यालय सिरहका प्रमुख एसपी अनन्तराम शर्माले भने लागुऔषधसहित पक्राउ परेका भारतीय किशोर सागर साफि तत्काल प्रहरीलाई अलमल्याएर भागेकाले उनैलाई खोज्नमात्र उमेशको सहयोग लिएको बताए। उनले भने, ‘प्रहरीलाई अलमल्याएर ति किशोर भागेकाले उनलाई खोज्न साहको सहयोग लिएका हौं, अहिले ति किशोरलाई पनि पक्राउ गरिकिएको छ। उमेश पनि अहिलेसम्म हाम्रै नियन्त्रणमा छन्। अनुसन्धान भईरहेको छ। दोषि देखिए उनीपनि कार्वाहीमा पर्छ। अहिले हामीले सहयोगमात्र लिएको हो।तर एक स्थानीय प्रत्यक्ष दर्शिका अनुसार, साहलाई नै लागुऔषधसहित पक्राउ गरेको बताए। उनले भने, ‘साह सीमामा बसेर स्थानीय प्रहरी प्रशासनलाई प्रभावमा पारेर भारतबाट तस्करी र अवैधरुपमा भारतीय नोटको काम सहित हुन्डिकारोवार समेत गर्दै आएको छ। त्यसैले उनलाई प्रहरीले नै बचाउने प्रयास गरिरहेको छ। साह नै लागु औषधसहित पक्राउ परेका हुन्।