आशा नन्द यादव।
सिरहाका ४ वटै निर्वाचन क्षेत्रबाट कुल एक सय ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न पार्टीबाट र स्वतन्त्र गरी जम्मा एक सय ३९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, सिरहा १ मा ३२ जना, सिरहा २ मा २९ जना, सिरहा ३ मा ४१ जना र सिरहा ४ मा ३७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यसमध्ये स्वतन्त्र उम्मेदवारकै संख्या धेरै छ । सिरहा १ मा १८ जना, सिरहा २ मा १५ जना, सिरहा ३ मा २९ जना र सिरहा ४ मा २३ जना गरी ८५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन ।
सिरहाका चार वटै निर्वाचन क्षेत्रमा पुरुष २ लाख ४१ हजार ६ सय १४, महिला २ लाख १२ हजार २८ र अन्य २ गरी ४ लाख ५३ हजार ६ सय ४५ मतदाता छन् । यसका लागि जिल्लाभरमा २ सय २३ मतदानस्थल र ५ सय ३१ मतदान केन्द्र तोकिएका छन।