प्रतिनिधिसभाका सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउनसक्ने व्यवस्था गरिने भएको छ।

Terai Madesh Khawar

चन्द्रदीप यादव

बिज्ञापन

प्रतिनिधिसभाका सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउनसक्ने व्यवस्था गरिने भएको छ।

 

बुधबार सिंहदरबारमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो प्रदेशको ह्वाट्सएप ग्रुपमार्फत सांसदहरूले निर्वाचन क्षेत्रको समस्या तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिए।

निर्वाचन क्षेत्रमा देखिएका समस्याका बारेमा सांसदहरूले सहजरूपमा सरकारलाई जानकारी गराउन यस्तो व्यवस्था हुन लागेको छलफलपछि रास्वपाका सांसद तपेस्वर यादबले जानकारी दिए। छलफलका क्रममा मधेश प्रदेशबाट निर्वाचित सांसदहरूले आफ्नो क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए।

 

सांसद यादबले आफूले मधेश प्रदेशमा देखिएका सुख्खा समस्याहरुलाई समाधान गर्न नदिको पानीको संरक्षण तथा ड्याम निर्माण, मिर्चैयास्थित हिल पार्कको २०० बिघा जग्गामा मेडिकल कलेजसहित राजर्षि विश्वविद्यालय स्थापना गर्न आवश्यक पहल गर्न आग्रह गरेका छन्।  हुलाकी सडकको पुर्णता र कमला पुलको विशेष संबेदनसिलता र यसको महत्त्व,हरेक क्षेत्रमा दस अत्याधुनिक प्राबिधिक धार सहितको विद्यालय स्थापना,पुर्वाधार अन्तर्गत महेन्द्र राजमार्ग जोड्ने सडकलाई स्तरोन्नती,सिंचाईको लागि गाडिएको बोर्डिङ्गमा पानी नआउनु गाडीएको ठाउँमा बिधुतिकरण नहुदा अलपत्र अब्स्थामा रहेकोलाई खोजी-नीति गर्ने,पावर र पहुचको आधारमा सुगम क्षेत्रमा रहेका प्रहरि-प्रशासनलाई दुर्गम क्षेत्रमा पठाई दुर्गममा रहेकालाई कार्यक्षमताको आधारमा प्राथमिकता साथ सुगम क्षेत्रमा ल्यानुपर्ने माग राखेका छन ।

 

त्यस्तै सांसदहरूले मधेश प्रदेशमा सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनसमेत आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्रका समस्याका बारेमा सांसदहरूसँग प्रदेश-प्रदेश समूह बनाएर छलफल गरिरहेका छन्।

ताजा समाचार

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश