आशानन्द यादव
सिरहाको फुलकाटाहकुटी धनगढीमाई नगरपालिका–६ मा रहेका श्री आधारभूत विद्यालयमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मिर्चैया शाखाद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कम्पनीको १८ औं वार्षिकोत्सवको अवसर पारेर विहीबार आयोजित उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो । कार्यक्रम बिहान १० बजे सुरु भएको थियो ।
मिर्चैया ब्रान्च म्यानेजर सूर्यनाथ यादव अनुसार यस किसिमका कार्यक्रमहरू कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअनुसार निरन्तर गर्दै जाने विश्वास व्यक्त गरिएको छ ।