News: चन्द्रदिप यादव
२२ चैत, सिराहा — सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थाका कारण यस्तो निर्णय गरिएको उनले बताए।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। प्रवक्ता पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो व्यवस्था लागू हुनेछ।