सिरहामा मेयरद्वारा कर्मचारीमाथि कुटपिट आरोप

Terai Madesh Khawar

News: चन्द्रदिप यादव

बिज्ञापन

 

सिरहा — सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवले एक कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेको छ। नगरपालिका कार्यालयमा कार्यरत ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवलाई मेयर यादवले कुटपिट गरेको बताइएको छ।

पीडितका अनुसार आज बिहान करिब ९ बजे लेखा शाखामा हाजिरी गर्न रजिस्टर पल्टाउँदै गर्दा मेयर यादव अचानक कार्यालयमा प्रवेश गरी गालीगलौज गर्दै लात–मुक्काले कुटपिट गरेका थिए। उनी विगत २४ वर्षदेखि स्वास्थ्य शाखामा काजमा कार्यरत छन्।

सिरहा नगरपालिका–१५ सुकचेनाका स्थायी बासिन्दा रहेका उनको दरबन्दी भने वडा नं. २० लगडी गदियानीस्थित स्वास्थ्य चौकीमा रहेको छ। पीडितले विधिसम्मत सरुवा नगरी जबर्जस्ती दरबन्दी स्थानमा जान दबाब दिँदै कुटपिट गरिएको आरोप लगाएका छन्।

“सरुवा आधिकारिक रूपमा भएको भए र नमानेको भए फरक कुरा हुन्थ्यो, तर हाजिरी गर्न लाग्दा अचानक कुटपिट गरियो,” उनले भने।

हाल घाइते यादव सिरहास्थित प्रादेशिक अस्पतालमा उपचाररत छन्।

यता मेयर नवीनकुमार यादवले भने आफूले कुटपिट नगरेको दाबी गरेका छन्। उनका अनुसार काजमा रहेका कर्मचारीलाई हाजिरी नगर्न रोक्दा उनी आफैं रुन–कराउन थालेका हुन्। “कुटपिट गरेको होइन, यो सबै नाटक हो,” उनले भने।

ताजा समाचार

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश