गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको हताहतीसम्बन्धी मुद्दामा पक्राउ परेका केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालत ले खारेज गरेको छ।

Terai Madesh Khawar

News:चन्द्रदिप यादव

बिज्ञापन

सिरहा — गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको हताहतीसम्बन्धी मुद्दामा पक्राउ परेका केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालत ले खारेज गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेल को संयुक्त इजलासले ओलीकी पत्नी राधिका शाक्य तथा लेखककी पत्नी यशोदाद्वारा दायर रिट खारेज गर्ने निर्णय गरेको हो।

रिट खारेजसँगै सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै थपिएको म्याद सकिएपछि दुवैलाई हिरासतमुक्त गर्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले २१ चैतदेखि लागू हुने गरी तेस्रोपटक ५ दिनका लागि म्याद थप गरेको थियो।

उक्त म्याद समाप्त भएसँगै ओली र लेखक दुवै आगामी चैत २६ गते रिहा हुने भएका छन्।

ताजा समाचार

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश