News: चन्द्रदिप यादव
२६ चैत , सिरहा— प्रतिनिधिसभाको उपसभामुख पदका लागि रोचक प्रतिस्पर्धा देखिएको छ।
श्रम संस्कृति पार्टीका तर्फबाट २५ वर्षीया रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले जानकारी दिएका छन्।
उनका अनुसार अहिलेको जनअपेक्षा अनुसार नयाँ र उदाउँदा राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि उपसभामुख पदमा उम्मेदवारी दिएको छ। राप्रपाबाट सरस्वती लामा उम्मेदवार बनेकी छन्। उनको प्रस्तावकमा राप्रपा नेता ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी रहेका छन्।
उपसभामुख चयनका लागि अब संसदमा हुने मतदानले अन्तिम टुंगो लगाउनेछ।