सिरहा नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी, खोजी जारी

Terai Madesh Khawar

News: चन्द्रदिप यादव

बिज्ञापन

 

सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। आफ्नै कार्यालयमा कार्यरत ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार जाहेरीका आधारमा मेयर यादवविरुद्ध मुद्दा दर्ता भई पक्राउ पुर्जी लिइएको हो। हाल मेयर यादव सम्पर्कबाहिर रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनापछि कारबाहीको माग गर्दै नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। कार्यालयमै धर्ना र प्रदर्शन भइरहँदा नगरपालिकाको कामकाज ठप्प बनेको छ।

पीडित रामशरण यादवले चैत २३ गते बिहान ९ बजे हाजिरी गर्ने क्रममा मेयरबाट गालीगलौजसहित लात्ती र मुक्का प्रहार भएको बताएका छन्। हाल उपचाररत उनले निःशुल्क उपचार, उचित क्षतिपूर्ति तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

कर्मचारीहरूले सुरक्षित र सम्मानजनक कार्य वातावरणको सुनिश्चितता गर्नुपर्ने मागसमेत अघि सारेका छन्। प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

ताजा समाचार

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश